महानगरीय ट्राफिक प्रहरीद्वारा चोक सुधार अभियान सुरु
नेपालखोज
२०७७ मंसिर २७ गते ८:५९

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढ्दो जाम र चाप हटाउन चोक सुधार अभियान सुरु गरेको छ । अहिले कोटेश्वरबाट यो अभियान थालिएको महाशाखाका एसएसपी जनक भट्टराईले बताएका छन् । उनका अनुसार कोटेश्वर चोकमा अब गाडी रोक्न पाइने छैन् । चोकबाट अलि पर मात्रै यात्रु चढाउन र ओराल्न पाइने उनले बताए ।
त्यस्तै गाडी र यात्रुको धेरै चाप हुने कार्यालय समयमा ह्याभी गाडीलाई रोक लगाइएको छ । कोटेश्वर–जडिबुटी सडकखण्डमा धेरै जाम हुन थालेपछि चोक सुधार अभियान थालिएको हो । यो अभियान बिस्तारै सबैतिर लागू गरिने उनले बताएका छन् ।
त्यस्तै, कालोपत्र गर्न थालिएकाले काठमाण्डौको कमलपोखरीको ल्होत्से चोकमा गाडी डाइभर्सन गरिएको छ । कृष्ण पाउरोटी, ल्होत्से चोक र कुमारी मन्दिरबाट गाडी डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया