बिहीबार, वैशाख १३, २०८१

यस्ता छन् अदुवा हालेको चियाका फाइदाहरु

नेपालखोज २०७७ मंसिर २७ गते १०:१७

काठमाडौं । विहान उठ्ने बित्तिकै चिया पिउने बानी धेरैको हुन्छ । जाडोको समयमा त चिया नपिउने कमै भेटिन्छन् । कनैले दुध हालेको चिया पिउछन् त कनैले सामान्य चिया पिउछन् । तर के तपाइले अदुवा हालेको चिया पिउनु भएको छ ?

अदुवा हालेको चिया हाम्रो स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ । एक अध्ययन अनुसार अदुवा हालेको चिया पिएमा स्वादका साथै शरीरका लागि पनि धेरै फाइदाहरु हुने गरेको तथ्य पनि पत्ता लागेको छ ।

अदुवामा भिटामिन सीको मात्रा धेरै हुन्छ भने यसमा म्याग्नेसियम र अन्य खनिज पनि पाइन्छ । अयो चिया बनाउँदा मह र कागती समेत मिलाएमा धेरै राम्रो हुन्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउँन सहयोग पुर्याउछ ।

यसमा एन्टीअक्सीडेन्ट हुन्छ जसले रोगसँग लड्ने क्षमता बढाउँछ । अदुवा चियाले रक्त सञ्चारमा पनि सुधार ल्याउछ । अदुवामा रहेको भिटामिन र खनिजले हृदयघात देखि अन्य मुटु सम्बन्धी समस्या कम गराउन सहयोग गर्छ ।

चिसो लागेको समयमा एक कप अदुवा हालेको चिया पिएमा श्वाप्रश्वासको समस्या हुँदैन । यसको सेवनले पाचन प्रणालीमा सुधार ल्याउछ । मांसपेसी र जोर्नीको दुखाइ पनि कम हुन्छ ।

त्यस्तै अदुवा चियाको सेवनले महिलालाई हुने महिनाबारीको समस्या समाधान गरिदिन्छ । रुघाखोकी लागेमा पनि यसको सेवनले ठिक गर्छ । यसको सेवनले क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।

प्रतिक्रिया