राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक पुस पहिलो साता
नेपालखोज
२०७७ मंसिर २७ गते १४:१२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुस पहिलो साता बस्ने भएको छ।
अध्यक्षत्रयको आज बसेको बैठकले पुस ४ गते काठमाडौंमा केन्द्रीय समिति बोलाउने निर्णय गरेको अध्यक्ष कमल थापाले जानकारी दिए।
बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठनको सुदृढीकरण, महाधिवेशनको तयारी र भावि संघर्षको कार्यक्रम लगायतका विषयमा छलफल हुने थापाको भनाई छ।
सम्बन्धित








प्रतिक्रिया