सेक्युुरिटी गार्डको जागिरकालागि लडाई हुदाँ एकको मृत्यु

नेपालखोज २०७७ मंसिर २७ गते १५:५१

दिल्लीमा ठेक्कामा मिलेको सेक्युुरिटी गार्डको जागिरका लागि भएको लडाईमा आफ्ना साथीलाई बचाउन गएका व्यक्तिको हत्या गरिएको छ । हत्याराले त्यस छुटाउन गएका व्यक्तिलाई २२ पटक छुरा घोपेका छन् ।

हत्यारामा यतिसम्म पागलपन देखियो की मरिसकेपछि पनि उनले छुरा प्रहार गर्न छाडेनन् । भारतीय न्यूज एजेन्सी पीटीआईका अनुसार प्रहरीले आरोपीलाई पक्राउ गरिसकेको छ । हत्याको मुख्य कारण जागिरका लागि भएको विवाद बताएको छ ।

मुकेश र राकेश दिल्लीको सफदरगन्ज अस्पतालमा ठेक्कामा सुरक्षा गार्डका रुपमा काम गरिरहेका थिए । उनीहरुलाई दुई युवक रवि र कृष्णको ठाउँमा जागिरमा राखिएको थियो । जागिरबाट हात धोएपछि उनीहरुले आफ्नो ठाउँमा जागिर पाएका हरुलाई कुटपिटको योजना बनाएका थिए ।

बुधबार राति जब मुकेश र राकेश आफ्नो साथी नीरजका साथ काम सकेर घर फर्किँदै थिए । त्यतिबेलै रवि र कृष्णले आफ्ना साथीलाई लिएर घेरा हालेर कुटपिट गर्न लागे । त्यतिबेला आफ्ना साथीलाई कुटपिट गरेको देखेर बचाउन नीरज बीचमा गए ।

त्यतिबेलै आरोपीले नीजरलाई छुरा प्रहार गर्न थाले । उनलाई २२ पटकसम्म छुरा प्रहार गरिएको प्रहरीले बताएको छ । नीरजको अस्पतालमा मृत्यु भयो । मुकेश र राकेश गम्भीर घाइते बनेका छन् ।

प्रतिक्रिया