सोमबार, वैशाख १५, २०८२

एभरटनसँग चेल्सी पराजित, युनाइटेड र सिटी गोलरहित बराबरीमा

नेपालखोज २०७७ मंसिर २८ गते ८:१९

लन्डन । प्रिमियर लिगमा चेल्सीको अपराजित यात्रामा पूर्णविराम लागेको छ । शनिबार भएको खेलमा एभर्टनसँग १–० गोलअन्तरले पराजित भएसँगै चेल्सीको १७ खेलको अपराजित यात्रामा धक्का लागेको हो । खेलको २२ औँ मिनेटमा जिल्फी सिगर्डसनले पेनाल्टीबाट गरेको गोलले एभरटनलाई विजयी बनायो । एडोवार्ड मेन्डीले डोमिनिक काल्भर्ट लेविनलाई फल हानेपछि एभर्टनले पेनाल्टी पाएको थियो ।

शनिबार नै म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीबीच भएको खेल भने गोलरहित बराबरीमा टुंगिएको छ । दुई टोलीबीच प्रिमियर लिगमा भएका ४७ औँ खेलमा यो मात्र पाँचौ गोलरहित बराबरी हो ।

जितपछि एभरटन २० अंकसहित सातौं स्थानमा उक्लेको छ भने चेल्सी २२ अंकसहित तेस्रो स्थानमा छ । युनाइटेड आठौं स्थानमा छ भने सिटी उसको ठीक पछाडि छ ।

प्रतिक्रिया