आइतबार, पुष ६, २०८२

सहमति खोज्न नेकपाको स्थायी कमिटी बैठक बस्दै

नेपालखोज २०७७ मंसिर २८ गते ८:४३

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । सात दिनअघि २१ गते बसेको बैठकले सहमति खोजीका लागि भन्दै आजसम्म बैठक स्थगित गर्ने निर्णय गरेपनि यसबीचमा सहमतिको लागि खासै पहल हुन सकेको छैन् ।

बरु दुवै पक्षका नेता कार्यकर्ता गुटगत भेलामा सहभागी हुँदै आएका छन् । दुवै अध्यक्षले प्रस्तुत गरेको प्रस्तावमा कार्यसूची बनाएर छलफल गर्ने या दुवैबाट साझा प्रतिवेदन बनाउने भन्नेमा अनौपचारिक छलफल भने भैरहेको नेताहरुले बताएका छन् ।

नेकपाभित्र मन्त्रिपरिषद्मा हेरफेर, राजदूत नियुक्ति, कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्याकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलसँग गरेको भेटवार्ता लगायतबारे विवाद उत्पन्न भएर दुई अध्यक्षबीच लिखित आरोप–प्रत्यारोपपत्र सुरु भएको हो ।

सचिवालय बैठकले समाधान गर्न नसकेपछि विवाद स्थायी कमिटी बैठकमा प्रवेश गरेको हो । स्थायी कमिटी बैठक लम्बिएका कारण गएको २५ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक आउँदो पुस ५ गतेका लागि सारिएको छ ।

प्रतिक्रिया