बैकिङ कसुरका फरार प्रतिवादी झापाबाट पक्राउ

काठमाडौ । बैकिङ कसुरका फरार प्रतिवादीलाई प्रहरीले आइतबार झापाबाट पक्राउ परेका छन । बैंकिङ कसुर मुुद्धामा उच्च अदालत पाटनको २०७६ फागुन २० गतेको फैसलाले नौ लाख ५० हजार रुपैयाँ जरिवानासहित चार दिन कैद सजाय तोकेको प्रतिवादी सुचन देवानलाई पक्राउ गरिएको हो ।
फैसला लगत्तै फरार रहेका कमल गाउँपालिका ५ घर भएका ३० वर्षीय देवानलाई उनकै घरवतनबाट पक्राउ गरिएको केन्द्रिय प्रहरी समाचार कक्ष नक्सालले जानकारी दिएको छ ।
यसैगरी वहुविवाह मुद्दामा जिल्ला अदालत झापा भद्रपुरको २०७५ जेठ १३ गतेको फैसलाले पाँच हजार रुपैयाँ जरिवाना र एक वर्ष कैद सजाय ठहर भएकोमा २७ दिन कैद असुल भई बाँकी ११ महिना तीन दिन बेरुजु रही फरार रहेका ईलाम चुलाचुली गाउँपालिका ४ घर भएका ३० वर्षीय बीर बहादुर लिम्बुलाई पनि उनकै घरबाट आइतबार प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

प्रतिक्रिया