कोराेना विरुद्धको भ्याक्सिन न्युयोर्कबाट लगाउन शुरु
नेपालखोज
२०७७ मंसिर ३० गते ८:३०

काठमाडौं । न्युयोर्ककी एक नर्सले कोभिड – १९ विरुद्ध भ्याक्सिन लगाएकी छिन् ।
अमेरिकामा सोमवारबाट कोभिड-१९ विरुद्ध भ्याक्सिन लगाउन शुरु गरिएको छ। नर्थ वेल हेल्थ अस्पतालको चिकित्सक डा चेष्टरले सोही अस्पताल कार्यरत नर्स सान्द्र लिन्ड्सेलाई लगाएकी हुन्। यो भ्याक्सिन अमेरिकाकै पहिलो हुन सक्ने न्युयोर्कको गर्भनर एन्ड्रयु क्युमोले बताएका छन्।
अमेरिकामा फाइजर र बायोन्टेकले उत्पादन गरेको एक लाख ७० हजार डोज भ्याक्सिन विभिन्न स्थानमा वितरण गरिएको छ।
सम्बन्धित

प्रतिक्रिया