चेक अनादर मुद्दाका फरार अनिल पोदार पक्राउ

काठमाडौ । चेक अनादर मुद्दाका फरार प्रतिवादी अनिल पोदार पक्राउ परेका छन । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेका अनुसार चेक अनादर मुद्दामा दोषी ठहर भई फरार रहेका पोदारलाई विशेष सूचनाका आधारमा कलंकीबाट पक्राउ गरिएको हो ।
काठमाडौ महानगरपालिका वडा नं. ११ बबरमहल बस्ने बर्ष ४८ बर्षिय पोदारलाई मंसिर २९ गते सोमबार काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।
पोद्दारले आफ्नो खातामा प्रयाप्त निक्षेप छैन भन्ने जानी जानी जिल्ला काठमाडौं का.म.न.पा. १० बुद्दनगर बस्ने नानीबाबु खरेललाइ एक करोड ६३ लाख रुपैयाँको बैंक चेक दिएका थिए । सो पश्चात पोद्धारा फरार रहेका थिए । चेक अनादर कसूर गरेको ठहर गरी काठमाडौं जिल्ला अदालतले बि.सं २०७३ भदौ १५ गते पोद्धारलाई एक महिना कैद र तीन हजार रुपैयाँ जरिवाना हुुने तथा एक करोड ६३ लाख रुपैयाँ बिगो भराउने फैसला भएको प्रवक्ता पाण्डेले जानकारी दिएका छन ।

प्रतिक्रिया