मन्त्रिपरिषद बैठक बालुवाटारमा जारी
नेपालखोज
२०७७ मंसिर ३० गते १३:०९
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक केहीबेर अघि सुरु भएको जानकारी दिए । आज बिहान संवैधानिक परिषद् बैठक डाकेको भएपनि कोरम नपुगेपछि स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो । संवैधानिक परिषद् बैठक स्थगित भएलगत्तै प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
मन्त्रिपरिषदको बैठक प्रायः साताको सोमबार र बुधबार बस्ने गरेकोमा यसपटक भने मंगलबार बोलाइएको हो ।
सम्बन्धित

प्रतिक्रिया