उखु किसानको रकम भुक्तान नगर्ने मिल सञ्चालकलाई पक्राउ गर्न सरकारको निर्देशन

काठमाडौं। सरकारले उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने मिल सञ्चालकलाई पक्राउ गर्न निर्देशन दिएको छ ।
गृह मन्त्रालयमा आज भएको छलफलपछि भुक्तानी नगर्ने चिनी मिल सञ्चालकलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिएका छन् । गृह मन्त्रालयले उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने चार चिनी मिलका सञ्चालकलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको हो ।
इन्दिरा सुगर मिल नवलपरासी, लुम्बिनी सुगरमिल नवलपरासी, अन्नपूर्ण सुगरमिल सर्लाही र श्रीराम सुगरमिल रौतहटका सञ्चालकलाई पक्राउ गर्न निर्देशन दिइएको प्रवक्ता बुढाले बताए । आफुहरुले पाउनु पर्ने रकम भुक्तान गर्न माग गर्दै आइतबारदेखि उखु किसानले काठमाडौंमा आन्दोलन गरिरहेका छन् । उनिहरुले आफुहरुको माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन् ।








प्रतिक्रिया