सोमबार, वैशाख १५, २०८२

एनआइबिएलमा डिम्याट खाता निशुल्क

नेपालखोज २०७७ पुष २ गते २०:२६

काठमाडौं । नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेडले पुुस एक गतेदेखि लागू हुने गरी निःशुल्क डिम्याट खाता तथा निःशुल्क मेरो शेयर दर्ता सुरु गरेको छ ।

यो योजना सीमित अवधिको लागि मात्र भएकोले सोही मितीबाट एनआईबिएल एस क्याप्टिल लिमिटेड लाजिम्पाट तथा यसका अन्य शाखाकार्यालयहरू तथा नेपाल ईन्भेष्टमेण्ट बैंकको देशभर रहेका कुनै पनि शाखा कार्यालयमा गई निःशुल्क डिम्याट खाता खोली मेरो शेयर पनि दर्ता गर्न सक्ने कम्पनीले जनाएको छ ।

यसका अतिरिक्त एनआईबिएल एस क्याप्टिल लिमिटेडले एकै दिनमा डिम्याट खाता तथा मेरो शेयर दर्ता प्रदान गर्ने प्रतिवद्धता समेतज नाएको छ । एनआईबिएल एस क्याप्टिल लिमिटेडसँग आवद्ध भई आप्mनो् प्रतिकृया तथा सुझाव दिई सेवा प्रवाहमा सुधार ल्याउन मद्दत गर्ने सम्पूर्ण ग्राहकहरुलाई कृतज्ञत व्यक्त गरेको छ ।

प्रतिक्रिया