आजबाट जोर-बिजोर प्रणाली हट्याे

नेपालखोज २०७७ पुष ३ गते ७:४९

काठमाडौं । काठमाडाैं उपत्यकामा सवारी साधनमा लगाइएकाे जोर-बिजोर प्रणाली आज शुक्रबारबाट हटेकाे छ ।

काेराेना संक्रमण नियन्त्रण गर्न सार्वजनिक सवारीमा जोर-बिजोर कायम गर्दा झनै भीड बढेको भन्दै यातायात व्यवसायीहरूले आज (शुक्रबार)बाट जोरबिजार प्रणाली उल्लंघन गरेर सवारी चलाउने घोषणा गरेका थिए ।

बिहीबार जिल्ला प्राशसन कार्यालय काठमाडौंमा बसेको सरोकारवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले सार्वजनिक सवारीमा जोर-बिजोर कायम गर्दा झनै भीड बढेको निष्कर्ष निकालेको थियाे ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार तोकिएको स्वास्थ्य मापदण्ड पालना गरेर सबै सार्वजनिक र निजी सवारी चल्न दिने निर्णय गरेको छ । उनले भने “शहरमा बढेको यात्रुको चापलाई ध्यानमा राखेर शुक्रबारबाट लागू हुनेगरी जोर-बिजोर प्रणाली हटाउने निर्णय भएको छ । ”

जोरबिजोर हटाउने सहमतिसँगै आजबाट सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउनेछन् ।

प्रतिक्रिया