मंगलबार, पुष १, २०८२

अध्यादेश तत्काल फिर्ता लिएर संसदको बैठक बोलाउन काँग्रेसको माग

नेपालखोज २०७७ पुष ३ गते १४:३६

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दल कार्यसमितिले संवैधानिक परिषद्को कार्यविधि सम्बन्धमा जारी गरिएको अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ ।

संसद बैठक बसेर धेरै मुद्दा किनारा लगाउनुपर्ने बेलामा असंवैधानिक र अलोकतान्त्रिक हिसाबले ल्याइएको अध्यादेश फिर्ता लिन संसदीय दलको बैठकले माग गरेको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।

उनका अनुसार संसद अधिवेशन छलेर संविधानको मर्म विपरीत अध्यादेश जारी गरेर वर्तमान सरकारले अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र थप उजागर गरेको बैठकको निष्कर्ष छ ।

संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी मंसिर ३० गते जारी अध्यादेश संविधानको मर्म र भावना विपरीत रहेको ठहर काँग्रेसको गरेको छ ।

काँग्रेसले संसदको बैठक अबिलम्ब बोलाउन पनि माग गरेको छ ।

प्रतिक्रिया