सोमबार, पुष ७, २०८२

मन्त्री र प्रतिक्षका नेता एकैसाथ आन्दोलनरत किसान भेट्न गए

नेपालखोज २०७७ पुष ३ गते १५:५८

काठमाडौं । छ दिन देखि काठमाडौंको माइतीघरमा आन्दोलनरत उखु किसानलाई भेट्न सरकारका मन्त्रीसँगै प्रमुख प्रतिपक्षदलका नेता एकै साथ पुगेका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता एक साथ आन्दोलनरत उखु किसानकोमा पुगेका हुन् ।

मन्त्री त्रिपाठी सहभागि मात्र भएर फर्के भने मन्त्री भट्ट र नेता पौडेलले किसानहरुलाई सम्बोधन पनि गरेका थिए ।

मन्त्री भट्टले भोली शनिबार बैंक खोल्न लगाएर भए पनि पैसा पठाउने र भोली नै किसानको हात–हातमा पैसा पर्ने जनाएका थिए ।

नेता पौडेलले भने उखु किसानको साथमा कांग्रेस रहेको बताए । उनले किसानको आन्दोलनप्रति कांग्रेसको साथ रहेको बताए ।

मन्त्री भट्ट त्यहाँबाट विदाबारी भएर उठे लगत्तै किसानहरुले सरकार विरुद्ध नारावाजी गरेका थिए ।

प्रतिक्रिया