मंगलबार, पुष १, २०८२

देउवामाथि निगरानी राख्न रामचन्द्रलाई प्रचण्ड-माधवको आग्रह

नेपालखोज २०७७ पुष ३ गते २१:०९

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवादले उग्र रुप लिइरहेका बेला नेताहरु प्रतिपक्षलाई फकाउने अभियानमा जुटेका छन्।

पछिल्लो समय विवाद चुलिइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल झस्किएका छन्।

ओलीले प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवासँगको सहमतिमै संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको आशंका गरिरहेका दुवै नेताहरु कांग्रेसका वरिष्ठ नतो रामचन्द्र पौडेललाई फकाउन सक्रिय भएका छन्।

ओली र देउवाबीच भित्री साँठगाँठ रहेको निचोडमा पुगेका दुई नेताले शुक्रबार साँझ वरिष्ठ नेता पौडेललाई भेटेर फकाउने प्रयास गरेका हुन्। उनीहरुले नेकपामा विवाद बढिरहँदा ओलीले देउवालाई साथ लिएर सरकारको समीकरण फेर्न सक्ने अनुमानसहित त्यस्तो सम्भावना रोक्नका लागि पौडेललाई भेटेका हुन्।

दाहाल(नेपालले पौडेललाई भेटेर सभापति देउवाले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग मिलेर कुनै पनि कदम चाल्न सक्ने भन्दै निगरानी गर्न आग्रह गरेका हुन्।

‘पेरिसडाँडामा गुट भेला गरेपछि पौडेललाई भेट्न पुगेका उनीहरुले कांग्रेस सभापति देउवाको भूमिकामा शंका रहेको भन्दै ओलीसँगको सम्भावित सत्ता साझेदारी रोक्न उनको भूमिका स्पष्ट बाहिर ल्याउन पौडेललाई आग्रह गरेका स्रोतले जनाएको छ।

यता वरिष्ठ नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्‍जीवी अधिकारीले भने भेटवार्ताबारे आफूलाई केही थाहा नभएको बताएका छन्। वरिष्ठ नेता पौडेल शुक्रबारै माइतीघरमा आन्दोलनरत उखु किसानलाई साथ दिन पुगेका थिए। उक्त आन्दोलनमा साथ दिएर निस्किएका पौडेल र पेरिसडाँडाबाट निस्किएका नेकपाका दुई नेताबीचको भेटवार्ता स्थलबारे केही खुलेको छैन।

प्रतिक्रिया