सोमबार, पुष ७, २०८२

पुल्चोकमा मन्त्रीहरूसँग प्रधानमन्त्रीको आकस्मिक भेट

नेपालखोज २०७७ पुष ४ गते १६:१३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूसँग आकस्मिक भेट गरेका छन्।

शनिबार बिहान खुमलटार पुगेर नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर बाहिरिएपछि मन्त्रीहरूलाई भेट्न उनी मन्त्री क्वार्टर पुल्चोक पुगेका हुन् ।

पुल्चोकमा पुगेर मन्त्रीहरूसँग प्रधानमन्त्रीले आकस्मिक भेट गरेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

उनले गृहमन्त्री रामबहादुर थापा, कानुन मन्त्री शिवमाया तुम्बाहाङ्फे, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्याललाई मन्त्री निवासमा गएर भेटेका हुन् ।

अध्यक्ष दाहालसँग खुमलटारको भेटवार्तापछि प्रधानमन्त्रीले साइडलाइन मिटिङका क्रममा मन्त्री निवास पुल्चोकमा पुगेर मन्त्रीसँग छलफल गरेको थापाले जानकारी दिए ।

प्रतिक्रिया