अन्नपूर्ण सुगर मिलले आजैबाट किसानहरुलाई बक्यौता रकम दिने
नेपालखोज
२०७७ पुष ५ गते ११:२१
काठमाडौं । अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज प्रालीले आज आईतबारबाट उखुु किसानहरुको बक्यौता रकम दिने भएको छ । कम्पनीले आज बिज्ञप्ती जारी गर्दे नियमितरुपमा दैनिक १ करोड रुपैयाँको दरमा किसानहरुको खातामा रकम पठाउने भुक्तानी सुची तयार गरेको जानकारी दिएको छ ।
कम्पनीले पछिल्लो एक बर्षमा मात्र उखुु किसाहरुको १८ करोड रुपैयाँ भुक्तानी दिईसकेको र बाँकी रहेको रकमको लागि पनि आज आईतबारबाट नै भुक्तानी सुरु गरिसकिएको कम्पनीले जनाएको छ । कम्पनीले जतिसक्दो चाँडो सबै किसानहरुको बक्यौता रकम भुक्तानी गर्छ कम्पनीले बिज्ञप्ती मार्फत भनेको छ ।

सम्बन्धित








प्रतिक्रिया