तिमल्सिना र रम्तेलले गरे पद अस्वीकार
नेपालखोज
२०७७ पुष ६ गते ७:२७

काठमाडौं । समावेशी आयोगको सदस्यमा सिफारिस हुनु भएका रामकृष्ण तिमल्सिना र राष्ट्रिय दलित आयोगको सदस्यमा सिफारिस भएका परशुराम रम्तेलले पद अस्वीकार गरेका छन् ।

संवैधानिक परिषद्ले आयोगको सदस्यमा सिफारिस गरे पनि आइतबार तिमल्सिनाले आफ्नो फेसबुकमार्फत् पद अस्वीकारको घोषणा गरेका हुन् । तिमल्सिनाले आफ्नो इच्छाबिना नै राजनीतिक नियुक्ति दिइएको भन्दै आयोगको सदस्य पदको जिम्मेवारी सम्हाल्न नसक्ने बताएका छन् । तिमल्सिना सर्वाेच्च अदालतका पूर्व रजिस्ट्रारसमेत रहेका छन् ।
त्यस्तै राष्ट्रिय दलित आयोगका सदस्यमा सिफारिस परशुराम रम्तेलले पनि नियुक्ति संविधानको मर्म र भावना विपरीत रहेको भन्दै पद अस्वीकार गरेका छन् । उनले पनि सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो सहमति बिना नै नाम सिफारिस भएको बताएका छन् ।

सम्बन्धित








प्रतिक्रिया