बिहीबार, जेठ ३, २०८१

टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर एक युवकको ज्यान गयो

नेपालखोज २०७७ पुष ६ गते १४:३९

दाङ । दाङमा टिकटक भिडियो बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर घाइते भएका एक युवकको ज्यान गएको छ ।

टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीका २४ वर्षीय रमेश थापाको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

उनको उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा सोमबार बिहान ज्यान गएको हो । गएको शनिबार दिउँसो दुई बजेतिर बबई गाउँपालिका ५ हापुरेको पुरन्धारा छहरा नजिक रहेको झोलुङ्गे पुलबाट टिकटक बनाउने क्रममा थापा खसेका थिए ।

प्रतिक्रिया