निर्वाचन आयोगले भन्यो–’नेकपाको कुनै समूहलाई आधिकारिता दिएको छैन’
काठमाडौं । निर्वाचन आयोगले नेकपाको दुवै समूहलाई आधिकारिता नदिएको प्रष्ट पारेको छ ।
केपी शर्मा ओली समूहले आफूले आधिकारिता पाएको दाबी गरेलगत्तै निर्वाचन आयोगले त्यसको खण्डन गरेको छ ।
आयोगले नेकपाको कुनै पनि समूहलाई आधिकारिता नदिएको बताएको हो । निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौडेलले अहिलेसम्म कुनै पनि समूह आधिकारिता दाबी गर्दै नआएको र निर्णय पनि नभएको जानकारी दिए ।
अहिलेसम्म दुवै पक्ष राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार अभिलेखिकरण गरिदिनु भनेर आएकाले आयोगले त्यसलाई अस्वीकार मात्र गरेको उनले बताए ।
यसअघि नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले आयोगले निर्णय गरिसकेको र आफ्नो समूहले नै आधिकारिता पाएको दाबी गरेका थिएका थिए ।
निर्वाचन आयोगमा छलफलपछि नेम्वाङ यस्तो दाबी गरेका थिए । आयोगले ओली र प्रचण्ड–नेपाल दुवै समूहसँग पुनः छलफल गर्ने पनि जनाएको छ
प्रतिक्रिया