बुधबार, पुष २, २०८२

१३ लाख नगद सहित न्युरोडबाट समातिए हुण्डी कारोबारी

नेपालखोज २०७७ पुष ७ गते ११:५०

काठमाडौं । १३ लाख रुपैयाँ नगद सहित काठमाडौको न्युुरोडबाट अबैध हुुण्डी कारोवार समातिएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रमेश बिष्टका अनुसार सोमबार ११ बजेको समयमा महानगरीय प्रहरी बृत्त जनसेवाबाट ड्यूटीमा खटिएको प्रहरी टोली गस्ती गर्दै जाने क्रममा काठमाण्डौ महानगरपालिका वडा नं. २२ न्युरोड स्थितमा समानान्तर बैकिङ हुण्डी कारोबार (अबैध हुण्डी कारोबार गर्ने) बिर्ज तामाङलाई पक्राउ गरिएको हो ।

प्रवक्ता बिष्टका अनुसार धादिङ खनियाबास गा.पा.वडा नं.३ बस्ने २५ बर्षिय तामाङलाई शंकास्पद अबस्थामा फेला पारी रीतपुर्वक शरिर तलासी गर्दा उनको साथबाट हालसम्म स्रोत खुलाउन नसकेको हुण्डी कारोबारको नगद १३ लाख पाँच हजार) नगद फेला परेको थियो । पक्राउ परेका तामाङ उपर थप अनुसन्धान भईरहेको प्रवक्ता बिष्टले जानकारी दिएका छन् ।

प्रतिक्रिया