बुधबार, पुष २, २०८२

ओली पक्षको केन्द्रीय कमिटी बैठक बालुवाटारमा

नेपालखोज २०७७ पुष ७ गते ११:५१

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटीको बैठक बालुवाटारमा जारी छ ।

केही बेरअघि सुरु भएको बैठकमा पूर्वमाओवादी निकट मानिएका नेकपा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी र मणि थापा सहभागी भएका छन् । ओलीले बोलाएको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भने उपस्थित भएनन् । उनी पुल्चोकस्थित मन्त्री निवासमै आफु निकट नेताहरुसँग परामर्शमा रहेको बुझिएको छ ।

बैठकले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरुलाई कारबाहीको निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया