बुधबार, पुष २, २०८२

राजधानीमा बढाइयो सुरक्षा सतर्कता

नेपालखोज २०७७ पुष ७ गते १२:३८

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको राजनीति पार्टी फुटको दिशातिर गएपछि राजधानीमा सुरक्षा सतर्कता पनि बढाइएको छ ।

काठमाडौंको मुख्य चोकहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको डफ्फा तैनाथ गरिएको छ । बर्दीसहितका प्रहरीका अलवा सादा पोसाकका प्रहरीलाई पनि उत्तिकै संख्यामा खटाइएको छ । नेकपाभित्रको दुई खेमाको समानान्तर बैठक बोलाइएको स्थानहरुमा समेत बाक्लो संख्यामा प्रहरी खटाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमको विरोधमा भूमिगत राजनीति गरिरहेको नेपाल कम्युनिस्ट पार्टी माओवादीको नेत्रविक्रम चन्द विप्लव समूहले समेत विरोध गरेपछि सरकारले सुरक्षा व्यवस्था कडा पारेको हो । विभिन्न राजनीतिक दलले गर्ने विरोध प्रदर्शनमा विप्लव समूहको घुसपैठसमेत हुन थालेपछि सुरक्षा निकायले निगरानी बढाएको छ ।

काठमाडौंको रत्नपार्कवरिपरिको क्षेत्र, माइतीघर मण्डल, नयाँ बानेश्वर, तीनकुने क्षेत्र, त्रिपुरेश्वर, सुन्धारा, लैनचौर, प्रदर्शनी मार्गलगायत क्षेत्रमा सुरक्षा निकायको बाक्लो उपस्थिति छ ।

प्रतिक्रिया