बुधबार, पुष २, २०८२

ओलीले दिए प्रदीपलाई प्रवक्ताको जिम्मेवारी

नेपालखोज २०७७ पुष ७ गते १२:५७

काठमाडौं । नेकपाको ओली समूहले महाधिवेशन आयोजक समिति घोषणा गरेसँगै प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई तोकेको छ ।

सत्तारुढ नेकपाको बालुवाटारमा जारी बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा सहभागी एक नेताका अनुसार प्रवक्ता नारायणकाजी श्रेष्ठको जिम्मेवारी खोसेर ज्ञवालीलाई उक्त जिम्मेवारी दिइएको हो ।

नेकपा ओली समूहको महाधिवेशन आयोजक कमिटी बैठक पुस ९ गते बस्ने भएको छ । बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै ५५६ केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया