प्रचण्ड-नेपाल समूहका नेतासहित ओली पक्षद्वारा विस्तारित केन्द्रीय समितिको सूची निर्वाचन आयोगमा दर्ता
नेपालखोज
२०७७ पुष ७ गते १४:११

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले बिस्तारित केन्द्रीय समितिको सूची निर्वाचन आयोगमा दर्ता गराएको छ ।
मंगलबार बसेको उक्त समूहको बैठकमा ११ सय ९९ सदस्यीय केन्द्रीय समिति विस्तार गरिएको घोषणा गरिएको थियो । आयोगले पुनर्गठन भएको नेकपाको केन्द्रीय समिति निर्वाचनमा आयोगमा दर्ता भएको पुष्टि गरेको छ ।
उक्त सूचि लिए अधिवक्ता बाबुराम दाहाल आयोग पुगेका थिए । बिस्तारिस समितिमा प्रचण्ड र माधव नेपाल समूहका सबै नेताहरु पनि रहेका छन् भने ओलीले आफ्नो बहुमत पुग्नेगरी उल्लेख्य संख्यामा केन्द्रीय सदस्य थपेका छन् ।
सम्बन्धित








प्रतिक्रिया