नेकपाको प्रवक्ता हुँ, गुट वा व्यक्तिको होइन : श्रेष्ठ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफू कुनै गुटको प्रवक्ता नभएको स्पष्टीकरण दिएका छन्।
बबरमहलमा बसेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
‘म व्यक्ति र गुटको प्रवक्ता होइन। म नेकपाको प्रवक्ता हुँ’, उनले भने, ‘त्यसैले कुनै गुटको भेलाको निर्णयसँग सम्बन्धित छैन।’ नेकपा फुटको अवस्थामा नभएर एकताबद्ध रहेको उनले बताए। उनले पार्टी पार्टी फुटाउने गतिविधि गर्ने काम भइरहेको बताए ।
प्रधानमन्त्री ओली पक्षीय केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको थियो । मंगलबार बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटीको बैठकले प्रवक्ताबाट श्रेष्ठलाई हटाएर प्रदीपकुमार ज्ञवालीलाई जिम्मेवारी दिने निर्णय गरेको थियो । तर, प्रवक्ता श्रेष्ठले बालुवाटारको निर्णयलाई गुट भेलाको संज्ञा दिए ।
अध्यक्ष दाहाल पक्षको केन्द्रीय कमिटीको ९ गते बबरमहलको कार्की बेङ्क्युट बस्ने उनले बताए ।








प्रतिक्रिया