बिहीबार, जेठ ३, २०८१

जेन्टा क्लबद्वारा धनुषाका बालिकालाई साइकल वितरण

नेपालखोज २०७७ पुष ७ गते १९:४४

काठमाडौं । महिला अधिकार र सशक्तीकरणका लागि काम गरिरहेका गैर—सरकारी संस्था, जोन्टा क्लब काठमाडौंले धनुषामा बालिकाहरुलाई सहयोग स्वरुप साईकल वितरण गरेको छ । संस्थाले वालवालिकालाई सशक्त पार्ने पहलमा हेमिस्फियर फ्याशन र टीच फर नेपाल (टीएफएन) को सहयोगमा ५० वटा साइकल वितरण गरेको हो ।

धनुषाका ४ वटा विभिन्न विद्यालयका ५० जना बालिकालाई टीएफएनका फेलोहरुले आर्थिक पृष्ठभूमिमा आधारमा उत्कृष्ट गर्न सक्षम र मेहनती विद्यार्थीहरूलाई चयन गरेका थिए ।

विद्यालय पुग्न दैनिक दैनिक ३—४ किलोमिटर पैदल यात्रा गर्नुपर्ने बाध्यताका कारण जोन्टा क्लबले कक्षा ५ देखि कक्षा ८ सम्मका जनता मा.वि., कजरा, रमौलका बालिकाहरुलाई विद्यालय परिसरमा आज साइकल वितरण गरेको हो । साइकल प्राप्त गर्ने विद्यालयहरुः श्री मिथिला बेसिक स्कूल—कचुरी, श्री जनता मा.वि स्कूल— कजरा रमौल, श्री मा.वि.स्कूल—लालिया र श्री जा. रा. मा. वि. स्कूल— पूरनदाहा रहेका छन् ।

वितरण कार्यक्रममा जोन्टा क्लब काठमाडौंकी अध्यक्ष जोनशियन सीमा गोल्छाले साइकलको वितरणले बालबालिकाको शिक्षामा निरन्तरता दिन सघाउ पुग्ने विश्वास व्यक्त गरिन् । उनले भनिन्, “यी साइकलहरुले बालिकाहरूको शिक्षालाई निरन्तरता दिन मद्दत गर्नेछ । तिनीहरूले स्कूल टाँढा भएको कारणले पठनपाठन छोड्नु पर्ने छैन । हामी सबै बालिकाहरूले शिक्षामा समान अवसर पाएको हेर्न चाहन्छौं ।”

जोन्टा क्लब काठमाडौं जोन्टा इनटरनेशनलको छाता अन्तर्गत सन् २०१२ मा स्थापना भएको हो । यो गैर—सरकारी संस्थाले आर्थिक, शिक्षा, स्वास्थ्य सुधारको उद्देश्यका साथ युवाहरु सम्बिन्धित मुद्दाहरू तथा महिला विरुद्ध हुने हिंसामा राष्ट्रिय र स्थानीय स्तरमा सेवा र वकालतमार्फत महिलाको स्थितिको प्रगतिमा काम गरिरहेको छ ।

प्रतिक्रिया