शुक्रबार, पुष ४, २०८२

कालीगण्डकी करिडोरमा लरी दुर्घटना हुँदा ३ जनाको घटना स्थलमै मृत्यु

नेपालखोज २०७७ पुष ८ गते १४:४६

नवलपरासी । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका ३ मा लरी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

कालीगण्डकी करिडोरको भोक्रोफाँटको भिरबाट ना ३ ख ५३३९ नम्बरको लरी खस्दा तीन जनाको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनबहादुर खाँणले जानकारी दिएका छन् । दुर्घटनामा ज्यान गुमाउनेहरूको परिचय अझै खुल्न नसकेको डीएसपी खाँणले बताए ।

दुर्घटना भएको ठाउँ एकान्त भएकाले प्रहरीलाई ढिलो गरी मात्रै सूचना पुगेको थियो । अहिले भिरबाट लरी तान्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सडक कच्ची हुनुका साथै उकालो र घुम्ती भएकाले लरी अनियन्त्रित भएर पल्टिएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया