शनिबार, जेठ ५, २०८१

केदारको ‘आँखैमा गाजल’ मा सम्पदा र नाजिर

नेपालखोज २०७७ पुष ८ गते १९:१५

काठमाडौं । नाजिर हुसेन र सम्पदा बानिया भिडियोमा फिचर्ड ’आँखैमा गाजल’ बोलको गीत सार्वजनिक भएको छ ।

चर्चित गायिका मेलिना राई र केदार बरुवाल क्षेत्रीको युगल गायनमा समावेश यस गीतमा शब्द र संगीत स्वयंम गायक क्षेत्रीको नै रहेको छ । उदय राज पौडेलले यस गीतलाई संगीत संयोजन गरेका हुन् ।

राजिव समरले कोरियोग्राफी गरेको यस भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् । भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ । शान थापाको निर्देशनमा भिडियो तयार पारिएको हो ।

स्टुडेण्ट भाइब्स अस्ट्रेलियाको प्रायोजन रहेको यस भिडियोलाई स्वयम् गायक क्षेत्रीको अफिसिए युटुय्व च्यानल ’केदार बरुवाल क्षेत्री अफिसिएल’ मार्फत सार्वजनिक गरिएको हो ।
भिडियोका लागि यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया