मंगलबार, वैशाख २५, २०८१

‘आदिपुरुष’को प्रदर्शन रोक्ने वितरककाे निर्णय

नेपालखोज २०८० असार ४ गते १२:०७

काठमाडौं । नेपाल वितरण कम्पनी ब्यांकटेस फिल्म्सले आजदेखि ‘आदिपुरुष’ फिल्मको देशव्यापी प्रदर्शन रोक्ने भएको छ । कम्पनीका निर्देशक मनोज राठीले देशव्यापी रुपमै हलबाट फिल्म प्रदर्शन रोक्ने निर्णय भएको बताए ।

काठमाडौं महानगरपालिकाको आधिकारिक पत्रबिनै हल व्यवसायीले फिल्मको प्रदर्शन रोकेकोप्रति आपत्ति जनाउँदै राठीले फिल्म उतार्ने निर्णय भएको उनले बताए ।

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहको निर्देशनपछि हल व्यवसायीले सोमबारदेखि काठमाडौं महानगरका १७ वटै हल बन्द गराएका छन् ।

जानकी भारतकी छोरी भएको भन्ने संवादमा आपत्ति जनाउँदै मेयर बालेनले फेसबुकमार्फत यसलाई भारतमा सच्याउन तीन दिनको समय दिएका थिए । तर नसच्याइएको भन्दै सोमबारदेखि भारतीय फिल्मलाई निषेध गर्ने निर्णय लिएका थिए ।

त्यस्तै, पोखरा महानगर र धरान उपमहानगरले पनि ‘आदिपुरुष’ फिल्म प्रदर्शनमा रोक लगाएको थियो ।

प्रतिक्रिया