नेकपाका दुवै पक्षकाे केन्द्रीय समिति बैठक बस्दै

नेपालखोज २०७७ पुष ९ गते १०:२८

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुवै पक्षका केन्द्रीय समिति बैठक आज बिहान ११ बजे बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको बैठक बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षको बैठक कार्की ब्यांक्वेट बबरमहलमा बस्ने बताइएकाे छ ।

ओली समूहको बैठकमा महाधिवेशन तयारी लगायतका विषयमा कुराकानी हुने बताइएको छ । सो समूहले मंगलबार विधान तथा पार्टी प्रवक्ता परिवर्तन गरेको थियो । प्रचण्ड-नेपाल समूहले दुई अध्यक्ष पुष्पकमल दाहाल र माधब नेपालको बरियता तोक्ने र प्रधानमन्त्रीको कदमविरुद्ध आन्दोलन अघि बढाउने विषयमा छलफल गर्ने बताइएको छ ।

प्रचण्ड–माधव समूहले भने अध्यक्ष पदबाट केपी शर्मालाई ओलीलाई हटाएर माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने निर्णय गरेको थियो ।

नेकपाका दुवै समूहले आधिकारिक पार्टी आफूहरु नै भएको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया