ओली समूहको बैठक बालुवाटारमा सुरु
नेपालखोज
२०७७ पुष ९ गते १४:२१

काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बालुवाटारमा सुरु भएको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल पनि सहभागी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।
उनी यसअघिको कुनै पनि समूहको बैठकमा अनुपस्थित थिए । बादल ११ बजे नै बालुवाटार पुगेको उनको सचिवालयले जानकारी दिएको छ । ओलीसँग छुट्टै छलफलपछि उनी बैठकमा बस्न तयार भएका हुन् ।
सम्बन्धित








प्रतिक्रिया