शुक्रबार, चैत १६, २०८०

वाग्मती प्रदेशसभाद्वारा अत्याधुनिक सुविधायुक्त सभागृह निर्माण कार्य तीव्र

नेपालखोज २०७७ पुष ९ गते १९:०६

मकवानपुर । वाग्मती प्रदेशसभाले हेटौँडा उपमहानगरपालिका– १० स्थित प्रदेश सचिवालयको परिसरमा निर्माण हुने अत्याधुनिक सुविधायुक्त सभागृह भवन र प्रदेशसभा सचिवालयको भवको निर्माण कार्यलाई अहिले तीव्रता दिएको छ ।

अत्याधुनिक सुविधायुक्त सञ्चार उपकरण जडित ३०० जना क्षमताको सभागृह कक्ष तथा सभामुख÷उपसभामुख र मुख्यमन्त्रीको छुट्टाछुट्टै कार्यकक्षसहित विभिन्न समितिका सभापतिका लागि पनि कार्यकक्षको व्यवस्था मिलाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

प्रदेश सरकारले अत्याधुनिक सुविधायुक्त प्रदेशसभाको सभागृह र सचिवालयको भवनको निर्माण गर्न रु चार करोड ९५ लाख ७४ हजार रकम विनियोजित गरिसकेको प्रदेशसभा सचिवालयका लेखा अधिकृत गोविन्द पौडेलले उल्लेख गरे। उनकाअनुसार आगामी आव २०७८/७९ भित्रै निर्माण कार्य सम्पन्नगरी प्रदेशसभा सचिवालयलाई निर्माण व्यवसायीले हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ ।

अहिले प्रदेशसभाको सचिवालयअन्तर्गत रहेको एउटा बैठक कोठालाई अत्याधुनिक सुविधायुक्त बनाइ प्रेदशसभाको बैठक सञ्चालन भइरहेको बताइएको छ । प्रदेशसभामा ११० जना प्रदेशसभाका सदस्यले प्रतिनिधित्व गर्दै आएका छन् ।

प्रतिक्रिया