दोलखाका उद्योगी शिवाकोटी नेकपाको केन्द्रीय सदस्यमा चयन
नेपालखोज
२०७७ पुष ९ गते २१:२१

काठमाडौं । दोलखा कालिञ्चोक गाउँपालिका- ८ सुनखानीका बालकृष्ण शिवाकोटी नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यमा चयन भएका छन् । नेकपा अध्यक्ष केपी शर्मा ओलीको निकट मानिने समाजसेवी तथा व्यवसायी शिवाकोटी पार्टीको केन्द्रीय सदस्यमा चयन भएका हुन् ।
लगानी बोर्डको सदस्य, मेघा बैंकको डाईरेक्टर, कालिञ्चोक दर्शन लि.(केवलकार) को अध्यक्षका साथै दर्जनौ व्यवसाय सञ्चालन गर्दै आएका उद्योगी शिवाकोटी इमान्दार व्यक्तित्वका रुपमा परिचित छन् । दोलखामा पार्टीगत रुपमा शिवाकोटीको बलियो प्रभाव छ ।
सम्बन्धित








प्रतिक्रिया