बिहीबार, जेठ ३, २०८१

बोलेरो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

नेपालखोज २०७७ पुष १० गते १०:३२

भोजपुर । भोजपुर नगरपालिका–५ काउलेमा बोलेरोले किच्दा चालकको मृत्यु भएको छ । शुक्रबार बिहान ६ः३० बजे मे१ज २९८८ नं.को बोलेरोले किच्दा चालक ३८ वर्षीय प्रेमकुमार तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

आफैँ साहु तथा चालक रहेका तामाङलाई गाडी स्टार्ट नभएपछि मर्मत गर्ने क्रममा पछाडि सरेर किचेको प्रहरीको भनाइ छ। तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया