आज साँझ मन्त्रिपरिषद बैठक, प्रधानमन्त्रीले प्रदेशसभा विघटन गर्न सक्ने
काठमाडौं । आज साँझ मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । नेकपा विभाजनपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।
प्रायः सोमवार र विहीवार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरे पनि आज शुक्रवार साँझ ६ बजे बैठक बस्ने भएको छ । आजको बैठकले प्रदेशसभा विघटनको सिफारिस हुनसक्ने आँकलन समेत गरिएको छ ।
प्रदेश सरकार विरद्ध अविश्वास प्रस्ताव आए आफूले कडा कदम चाल्ने संकेत प्रधानमन्त्री केपी शर्मा ओलीले गरिसहेका छन् । आजै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल बिरुद्ध पुष्पकमल दाहाल प्रचण्ड माधबकुमार नेपाल समुहले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् भने दाहाल नेपाल समुहका तीन मन्त्रीले राजीनामा दिएका छन् ।
प्रदेश नं एक र पाँचमा मुख्यमन्त्री ओली पक्षिय छन् भने प्रदेशसभामा दाहाल नेपाल पक्षिय सांसद धेरै छन् । एक र पाँच नम्बर प्रदेशमा पनि मुख्यमन्त्री बिरुद्ध अविश्वास प्रस्ताव आउन सक्ने भएकाले प्रधानमन्त्रीले प्रदेशसभा विघटनको प्रस्ताव गर्न सक्ने अनुमान गरिएको छ ।








प्रतिक्रिया