नेकपाको सबै सम्पत्ति हाम्रो हो : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड(नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले नेकपाको सबै सम्पति आफूहरूको हुने दाबी गरेका छन् ।
शनिबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा प्रचण्ड(नेपाल पक्षद्वारा जारी पत्रकार सम्मेलनमा बोल्दै नेपालले नेकपाको सबै सम्पत्ति आफूहरूको हुने र कुनै निजी सम्पत्ति भए आफूहरूले नलिने बताएका हुन् ।
‘नेकपाको सबै सम्पत्ति हाम्रो हुन्छ । कुनै प्राइभेट कम्पनीको सम्पत्ति छ भने लिदैनौं‚’ उनले भने ।
साथै अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओली संघीयता र गणतन्त्रविरोधी भएको समेत बताएका छन् । पूर्वप्रधानमन्त्त्रीसमेत रहेका नेता नेपालले यस्तो बताएका हुन् ।
‘केपी शर्मा ओली संघीयता विरोधी र गणतन्त्र विरोधी हुन्,’ उनले भने । केपी ओली कम्युनिस्ट आन्दोलन मात्र नभएर कम्युनिस्ट नै सिध्याउन उद्यत रहेको समेत उनको दाबी थियो ।
‘केपी ओली कम्युनिस्ट सिध्याउने अर्को गोर्भाचोभ हुन्’ उनले भने । ओलीलाई कुनै पनि कम्युनिस्ट सिद्धान्त मन नपर्ने समेत उनले उल्लेख गरे । ओलीलाई ओलीवाद मात्र पन पर्ने नेता नेपालको दाबी छ ।








प्रतिक्रिया