सोमबार, वैशाख १५, २०८२

द्वन्द्वग्रस्त इथियोपियामा आउँदो जुन महिनामा संसदीय चुनाव गर्ने तयारी

नेपालखोज २०७७ पुष ११ गते ८:१३

एजेन्सी । द्वन्द्वग्रस्त इथियोपियामा आउँदो जुन महिनामा संसदीय चुनाव गर्ने तयारी गरिएको छ । आउँदो जुन ५ मा चुनाव गर्ने गरी मिति घोषणा गरेको इथियोपियाको निर्वाचन आयोगले जनाएको छ ।

सन् २०२० मै चुनाव गर्ने तालिका भएपनि कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण अर्को वर्ष गर्ने तय भएको थियो । त्यस्तै देशका विभिन्न ठाउँमा द्वन्द्व र हिंसात्मक घटना भएका कारण पनि चुनाव पछाडि सारिएको थियो ।

इथियोपियामा पछिल्लो हप्ता भएका घटनामा कम्तीमा सय जनाको ज्यान गएको इथियोपियाली मानव अधिकार आयोगले जनाएको छ । इथियोपियामा द्वन्द्व र हिंसात्मक घटना बढेसँगै मानव अधिकार संरक्षणको अवस्था निकै कमजोर बन्दै गएको पनि आयोगले जनाएको छ ।

प्रतिक्रिया