जसपाले निकाल्यो प्रतिनिधिसभा विघटनविरुद्ध देशभर मसाल जुलुस

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंबैधानिक भन्दै जनता समाजवादी पार्टी नेपालले शनिबार देशव्यापी मसाल जुलुस निकालेको छ ।
देशका कतिपय स्थानमा प्रदर्शनकारीलाई प्रहरीले दमन गरेको जसपाले जनाएको छ । संसद विघटनविरुद्ध जसपाले विरोधका कार्यक्रम गर्दै आएको छ । मसाल जुलुस प्रदर्शन गर्दै जसपाले असंबैधानिक कदम फिर्ता लिन माग गरेको छ ।
विघटनको बिरोधमा स्थानिय शिवमन्दिर प्राङणबाट मसाल जुलुससशित निस्केका जसपाका नेता कार्यकर्ताले प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध चर्को नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका छन् । मसाल जुलुसमा सहभागीहरुले प्रतिनिधिसभा विघटनको असंबैधानिक कदम खारेज गर, सर्वसत्तावादी मुर्दावाद लगायतका नाराबजी गरेका थिए ।
मसाल जुलुसपछि स्थानीय नेता चौकमा आयोजित बिरोधसभालाई सम्बोधन गर्दै जसपाका नेताहरुले प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री केपी ओलीले संविधान र प्रणालीमाथी नै प्रहार गरेको भन्दै अविलम्ब उक्त असंबैधानिक कदम फिर्ता लिन माग गरेका थिए ।

प्रतिक्रिया