संविधानको रक्षाका लागि पुनःस्थापना गर्नु पर्छ :नेता गुरुङ

नेपालखोज २०७७ पुष ११ गते २१:१४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता देवप्रसाद गुरुङले संविधानको रक्षा र कार्यान्वयनका लागि संसद् पुनःस्थापना गर्नुपर्ने बताएका छन् । नेकपा गण्डकी प्रदेश कार्यालयको विस्तारित बैठकमा उनले संसद् विघटनको सिफारिस असंवैधानिक भएको जिकिर गरे ।

उनले भने, “प्रधानमन्त्रीले संसद् विघटनको जुन निर्णय गर्नुभयो, यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र अहिलेको व्यवस्थालाई सहयोग गर्दैन ।” विघटित प्रतिनिधिसभामा नेकपाका तर्फबाट प्रमुख सचेतकसमेत रहेका नेता गुरुङले संसद् पुनःस्थापना गरिछाड्ने जिकिर गरेका छन् ।

विघटित प्रतिनिधिसभाका सदस्य देवेन्द्र पौडेलले पार्टीबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई असहयोग नभएको दावी गर्दै आन्तरिक छलफललाई लिएर जनताको अभिमतबाट निर्मित सार्वभौम प्रतिनिधिसभा विघटन सही नभएको बताए ।

प्रतिक्रिया