शनिबार, वैशाख ८, २०८१

प्रदेश १ मा तीनजना मन्त्रीले दिए राजीनामा

नेपालखोज २०७७ पुष १२ गते १०:३८

काठमाडौं। प्रदेश १ मा तीनजना मन्त्रीले राजीनामा दिएका छन्।

सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले राजीनामा दिएका हुन् ।

नेकपामा ओली समूह र प्रचण्ड–नेपाल पक्ष औपचारिकरूपै विभाजित भएपछि त्यसको प्रभाव प्रदेशहरूमा पनि देखा परेको छ ।

प्रदेश १ मा मुख्यमन्त्री शेरधन राई ओली पक्षका हुन्। उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी प्रचण्ड–नेपाल पक्षले गरेका छन् ।

यसअघि प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरिएको थियो ।

प्रतिक्रिया