बुधबार, वैशाख १७, २०८२

नवनियुक्त खेलकुद मन्त्री लामाद्वारा पदभार ग्रहण

नेपालखोज २०७७ पुष १२ गते १६:३७

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामाले आइतबार आफ्नो पदभार ग्रहण गरेका छन् ।

मन्त्री लामाले आइतबार सिंहदरवारमा आफ्नो पदभार ग्रहण गरेका हुन् । उनलाई मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य–सचिव रमेश कुमार सिलवाललगायतले स्वागत गरेका थिए ।

आइतबार नै मन्त्रालयले निवर्तमान युवा तथा खेलकुद मन्त्री जगत बाहदुर विश्वकर्मा (सुनार) लाई बिदाई गरेको छ ।

गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद हेरफेर तथा विस्तार गर्दा सुनार पदमुक्त भएपछि लामाले खेलकुद मन्त्रालयको जिम्वेवारी पाएको थियो ।

लामाले शुक्रबार नै राष्ट्रपति भवन शीतल निवासमा मन्त्रीपदको सपथ लिएका थिए । सिन्धुपाल्चोकका तामाङ २०६४ सालको संविधानसभा सदस्य रहँदा २०७४ को प्रदेश सभा निर्वाचनमा पराजित भएका थिए ।

प्रतिक्रिया