भद्राकालीको मुकुट सहित बहुमुल्य गहना चोरी
नेपालखोज
२०७७ पुष १३ गते १७:३९

भक्तपुर । भक्तपुर नगरपालिका ४ गहिटी जंगम मठबाट भद्राकालीको मुकुट, चाँदीको माला लगायत बिभिन्न सामानहरू चोरी भएको छ । प्रहरीका अनुसार सबै सामानहरुको मुल्य करिब एक लाख ८६ हजार रुपैयाँ मूल्य बराबरको रहेको छ ।
चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ । प्रहरीका अनुसार उक्त धनमाल आइतबार राति चोरी भएको हो ।
सम्बन्धित
प्रतिक्रिया