आइतबार, जेठ ६, २०८१

राष्ट्र बैंकद्धारा निक्षेप लगानीको आव्हान

नेपालखोज २०७७ पुष १३ गते १७:५४

काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेप लगानीको लागि आव्हान गरेको छ । राष्ट्र बैकले आज सोमबार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरु समेतको नाममा सुचना जारी गर्दे एक अर्ब ४० करोड रुपैयाँ बराबरको संस्थागत निक्षेप लगानीको लागि आव्हान गरेको हो ।

राष्ट्र बैकका अनुसार पेन्सन तथा उपदान कोषमा रहेको रकम तीन सय ६७ दिने मुुद्धती निक्षेप अर्थात २०७७ माघ एक गते देखि २०७८ माघ एक गतेसम्मको लागि रकम लगानी गर्न आव्हान गरिएको हो ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्र्ने बैंक तथा फाईनान्स कम्पनीहरुले यही पुुस १६ गते अपरान्ह तीन बजेसम्म आफ्नो संस्थाले लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत उल्लेख गरेर प्रस्ताव पेस गर्नुुपर्ने छ ।

रकम लगानीको लागि छुट्याईएको कुुल रकम मध्येमा बाँणिज्य बैंकहरुको लागि एक अर्ब १२ करोड, बिकास बैंकहरुको लागि २१ करोड र फाईनान्स कम्पनीहरुको लागि सात करोड रुपैयाँ रहेको छ ।

राष्ट्र बैकका अनुसार रकम लगानीको लागि भने बैंक सञ्चालनमा आएको कम्तिमा दुई बर्ष पूरा गरेको , तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.एल.) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुुनुपर्ने लगायतका प्रावधानहरु तोकिएका छन ।

प्रतिक्रिया