देशभर चिसो ह्वात्तै बढ्यो, काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै कम

काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव १ डिग्री सेल्सियसमा झरेको छ । यो तापक्रम यस वर्षकै सबैभन्दा कम हो।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार रातको समयमा मौसम सफा रहेकाले न्यूनतम तापक्रम घटेर १ दशमलव १ डिग्री सेल्सियसमा झरेको हो । यसअघि यस वर्ष काठमाडौको न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री सेल्सियससम्म झरेको थियो ।
गएको शनिबार न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो । हिजो र अस्ति मौसम बदली भएकाले तापक्रम बढ्दा काठमाडौंमा केही न्यानो थियो । आज अधिकतम तापक्रम भने १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।
त्यस्तै अहिले काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । बिहान लागेको हुस्सु कुहिरो बिस्तारै हट्दै जाने मौसमविद्सले बताएका छन् । आज राति भने सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ । अन्य क्षेत्रको मौसम भने सफा रहने छ ।








प्रतिक्रिया