साफ फुटबल कात्तिक २८ बाट हुने

नेपालखोज २०७७ पुष १४ गते ८:३४

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले कोरोनाका कारण अर्को वर्ष सारिएको साफ फुटबलको मिति तय गरेको छ । अर्को वर्ष हुने साफ च्याम्पियनसिप फुटबलको मिति तय भएको हो ।

बंगलादेशमा हुने प्रतियोगिता २०७८ साल कात्तिक २८ गतेदेखि मंसिर ११ सम्म हुने तय भएको छ । पूर्वतालिकाअनुसार साफ यसैवर्ष हुनुपर्ने थियो । तर कोरोनाका कारण अर्को वर्ष प्रतियोगिता सारिएको छ ।

साफको कार्यकारी समितिको बैठकको निर्णयअनुसार महिलाका यू–१६ प्रतियोगिता सन् २०२१ को अगष्ट १८ देखि २७ सम्म आयोजना गर्ने र यू–१९ प्रतियोगिता जुलाई १२ देखि २२ सम्म सञ्चालन हुने भएको छ ।

त्यस्तै, पुरुषतर्फको यू–१५ अक्टोबर १ देखि १० सम्म सञ्चाल गर्ने निर्णय भएको छ ।त्यस्तै, पुरुषकै यू–१५ अक्टोबर १ देखि १० सम्म र यू–१८ अक्टोबर १५ देखि २४ सञ्चालन हुनेछ ।

प्रतिक्रिया