शुक्रबार, वैशाख १४, २०८१

प्रदेश १ का कानूनमन्त्री कार्कीलाई सामाजिक विकास मन्त्रालयको पनि जिम्मेवारी

नेपालखोज २०७७ पुष १४ गते ९:४८

मोरङ । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलाई सामाजिक विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ । कार्कीले सोमबार सामाजिक विकास मन्त्रीको रूपमा पनि पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गर्दै उनले एकीकृत एम्वुलेन्स तथा पूर्व–अस्पताल सेवा सञ्चालन निर्देशिका २०७७ मा बमोजिम प्रादेशिक एकीकृत एम्वुलेन्स तथा पूर्व–अस्पताल व्यवस्थापन समिति गठनसम्बन्धी निर्णयमा हस्ताक्षर गरे ।

मन्त्री कार्कीलाई मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, महाशाखा प्रमुख, कर्मचारीहरूले स्वागत गरेका थिए । सामाजिक विकास मन्त्री जीवन घिमिरेले आइतबार पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया