आइतबार, जेठ ६, २०८१

सुनको मूल्य तोलामा ८ सय रुपैयाँ घट्यो

नेपालखोज २०७७ पुष १४ गते ११:११

काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँ घटेको छ । मंगलबार सुन तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार तोलामा ८ सय रुपैयाँ बढेर सुन तोलाको ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसअघि शुक्रबारको मूल्यमा आइतबार स्थिर रहँदै सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि मंगलबार तोलामा १५ रुपैयाँ घटेको छ । चाँदी तोलाको १३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया