आइतबार, जेठ ६, २०८१

टेलिकम सिम व्यापारमा मात्र सीमित हुन हुँदैनः पुरुषोत्तम खनाल

नेपालखोज २०७७ माघ २२ गते १५:०६

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपाल टेलिकम सेवामा भन्दा सिम बिक्रीमा मात्र अघि रहेको बताएका छन् ।

टेलिकमको १७ औं वार्षिकोत्सवको अवसरमा भद्रकाली स्थिति मुख्यालयमा आयोजित कार्यक्रममा बोल्ने क्रममा अध्यक्ष खनालले यस्तो बताएका हुन् ।

सरकारी कम्पनी भएकाले आम्दानीभन्दा गाउँ गाउँमा सेवा पुर्‍याउनुपर्ने दायित्व समेत टेलिकममाथि रहेको उल्लेख गर्दै उनले सिम बिक्री मात्र बढी भएको बताए ।

आम्दानीमा भने कम्पनी निकै पछि रहेकोले यसका लागि पहल गर्नुपर्नेमा उनको जोड थियो ।

आफूसँग भएको पूर्वाधार अन्य कम्पनीलाई सहप्रयोगका लागि नदिनुमा नै कम्पनी र नेतृत्व रमाएको उनको भनाई थियो ।

नियामक निकायको रुपमा रहेको प्राधिकरण अध्यक्ष खनालले आफूसँग भएको पूर्वाधार अन्य सेवाप्रदायकसँग समेत कम्पनीले शेयर गरोस्, यसबाट टेलिकम अझ सक्षम हुनेछ र आम्दानी पनि बढ्नेछ भन्ने उनको अभिमत छ ।

प्रतिक्रिया